शनिबार, ८ वैशाख २०८१

दिनेश श्रेष्ठ एफएनसीसीआईको ३ नम्वर प्रदेश अध्यक्षमा निर्विरोध निर्वाचित

समयपोष्ट २०७४ जेठ २१ गते ९:१९

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को प्रदेश नम्वर –३, को अध्यक्षमा दिनेश श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । प्रदेश नम्वर –३, को हालै सम्पन्न साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो ।

Advertisement

साधारणसभाले १३ सदस्यीय कार्यसमिति चयन गरेको एफएनसीसीआईले जनाएको छ । प्रदेश नम्वर–३, को उपाध्यक्षमा राजन गौतम र कृष्णप्रसाद अवो निर्वाचित भएका छन् । सदस्यहरुमा गुणराज श्रेष्ठ, मञ्जु कोजु श्रेष्ठ, पशुपति खड्का, प्रकाश मानन्धर, विजय श्रेष्ठ, सविन श्रेष्ठ, खडानन्द त्रिपाी, विदुर पराजुली र सुन्दर कार्की चयन भएका छन् । अध्यक्षमा चयन भएका श्रेष्ठ केही समय अघि भएको महासंघको ५१ औं साधारणसभामा जिल्ला तथा नगरको उपाध्यक्षमा पराजित भएका थिए । अघिल्लो कार्यकालमा वस्तुगत उपाध्यक्ष रहेका उनी यो पटक महासंघको उपाध्यक्ष पराजित भएका भएपनि प्रदेशको उपाध्यक्षमा भने निर्विरोध निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री