शुक्रबार, १६ चैत २०८०

भरतपुर बडा नम्बर १९ को पुन मतदान गर्ने निर्वाचन आयोगको निर्णय,स्थान, मिति र समय ताेक्न मुख्य निर्वाचन अधिकृतलाई जिम्मेवारी

समयपोष्ट २०७४ जेठ २० गते ९:५६

निर्वाचन आयोगले भरतपुरमा पुन मतदान गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको अध्यक्षतामा शनिबार बसेको बैठकले बडा नम्बर १९ को सम्पूर्ण मतदान केन्द्रको मतपत्रलाई अवैध घोषणा गरी पुनः मतदान गर्ने निर्णय गरेको हो ।

Advertisement

‘स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५० को उपदफा १ को खण्ड ख बमोजिम मतगणना स्थलको अनाधिकृत कब्जा भएको पुष्टि हुन आएको हुँदा सोहि दफाको उपदफा ४ बमोजिम कब्जाबाट असर परेको बडा नम्बर १९ को मदतान केन्द्रको सम्पूर्ण मतपत्रहरु अवैध घोषित गरि मतदान गर्ने ’– आयोगको निर्णयमा भनिएको छ ।

रद्द गरिएका मतदान केन्द्रको मतदान हुने स्थान, मिति र समय ताेक्न भरतपुर महानगरपालिका चितवनका मुख्य निर्वाचन अधिकृतलाई जिम्मेवारी समेत आयोगले दिएको छ । मतगणनाको क्रममा जेठ १४ गते राती एमाले र माओवादी केन्द्रका प्रतिनिधिबीच विवाद हुँदा ९० मतपत्र च्यातिएका थिए  । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री