बिहीबार, १३ वैशाख २०८१

छ्याङ्दी हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन,संस्थागत लगानीकर्ताले आवेदन दिन नपाउँने

समयपोष्ट २०७४ जेठ १८ गते ५:५०

छ्याङ्दी हाइड्रोपावर कम्पनीको आईपीओमा संस्थागत लगानीकर्ताले आवेदन दिन नपाउँने भएका छन् ।

Advertisement

प्राकृतिक व्यक्तिको मात्रै आवेदन लिन कम्पनीको सेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलाई धितोपत्र बोर्डले निर्देशन दिएको हो ।  

धितोपत्र बोर्डले जारी गरेको धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ मा संगठित संस्थाले प्रारम्भिक सार्वजनिक निष्काशन मार्फत जारी गरेको सेयर खरिदका लागि प्राकृतिक व्यक्तिले मात्र दरखास्त दिन सक्ने व्यवस्था गरेको छ । तर पुरा बिक्री नभएमा मात्र अन्यले पनि दरखास्त दिन पाउनेछन ।

यसै व्यवस्थाका आधारमा ग्लोबल आइएमई क्यापिटलाई संस्थागत लगानीकर्ताको आवेदन नबुझ्न बोर्डले निर्देशन दिएको  हो । यसंगै बुधबारसम्म आवेदन गरेका संस्थागत लगानीकर्ताको आवेदन विहीबार बाटै फिर्ता गरिने पनि क्यापिटलले जनाएको छ ।

जेठ १४ गतेबाट विक्री खुला भएको आइपीओमा गरिएको आईपिओमा आवेदन दिने विहिबार अन्तिम मिति हो । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री