बालेन सरकारमा दुई मन्त्री थपिए: सुधन र महावीरले लिए शपथ

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मंगलबार २ मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका छन्।

Advertisement

प्रधानमन्त्री शाहले रिक्त रहेको गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा महावीर पुनलाई नियुक्त गरेका हुन्।

नवनियुक्त दुवै मन्त्रीले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।

Advertisement

गत चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका शाहले रक्षा मन्त्रालय भने अझै आफैँसँग राखेका छन्।

गृहमन्त्रीमा नियुक्त गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गोरखा–१ र विज्ञान प्रविधिमन्त्री पुन स्वतन्त्र उम्मेदवार भई म्याग्दीबाट निर्वाचित सांसद हुन्। यी दुवै जनाको सरकारमा यो दोस्रो इन्ट्री हो।

गुरुङ यसअघि गत चैत १३ गते नै गृहमन्त्री नियुक्त भएर वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए।

अर्का मन्त्री पुन भने जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बनेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री