आइतबार, ४ साउन २०८२

ट्रम्पद्वारा इरानमाथि हवाई आक्रमणपछि राष्ट्रिय सम्बोधनको घोषणा

समयपोष्ट २०८२ असार ८ गते ६:४५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भएको हवाई आक्रमणपछि राष्ट्रका नाममा सम्बोधन गर्ने घोषणा गरेका छन्।

उनले वाशिङटन, डीसीको स्थानीय समयअनुसार राति १० बजे सम्बोधन गर्ने बताएका छन्।

यो सम्बोधनमा इरानमाथिको आक्रमण र अमेरिकी रणनीतिका बारेमा थप विवरण खुल्ने अपेक्षा गरिएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराका अनुसार, ट्रम्पको सम्बोधनले आगामी कूटनीतिक र सैन्य अवस्थाको संकेत दिन सक्छ।

ट्रम्पले इरानका फोर्डो, नटान्ज र इस्फहानस्थित आणविक केन्द्रहरूमा अमेरिकाले सफल हवाई आक्रमण गरेको दाबी गरेका छन्।

उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखे, “हामीले इरानका तीन प्रमुख आणविक साइटहरूमा अत्यन्त सफल आक्रमण सम्पन्न गर्‍यौँ। सबै विमानहरू इरानको हवाई क्षेत्रबाट बाहिरिएका छन्।” उनले फोर्डो साइटमा “पूर्ण क्षमताका बमहरू” खसालिएको र सबै विमानहरू अमेरिका फर्किन थालेको बताए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री