तीन लाख रुपैयाँ छुटे धवलशमशेर
समयपोष्ट
२०८२ असार २ गते २०:०३
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री तथा प्रतिनिधि सभा सदस्य धवल शम्शेर राणा ३ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले सोमबार राणालाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। आदेशपछि राणाले आजै धरौटी बुझाएर रिहा भएका हुन्।
राणा आज बिहान अदालतमा हाजिर भएका थिए। यसअघि, चैत १५ गते राति प्रहरीले तीनकुने घटनासँग सम्बन्धित आरोपमा उनलाई पक्राउ गरेको थियो। त्यसपछि, स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै वैशाख ७ गते प्रहरीले उनलाई हाजिर जमानीमा छाडेको थियो।
तर मुद्दा दायर भएपश्चात उनी अदालतमा उपस्थित भएका थिएनन्। आज अदालतमा पेश भएपछि धरौटीमा रिहा भएका हुन्।
प्रतिक्रिया