बिहीबार, ६ वैशाख २०८१

विवाह गरेको दुर्इ महिना नबित्दै प्रेमिसंग मिलेर श्रीमतीले यसरी गरिन् श्रीमानको हत्या

समयपोष्ट २०७५ असार १२ गते ६:५६

घरबाट ससुराली हिँडेका एक व्यक्तिको शव चार दिनपछि प्रहरीले आज मृत फेला पारेको छ । परिवारका सदस्यहरुले असार ८ गतेदेखि तेज विष्ट हराएको भनी असार ११ गते प्रहरीलाई उजुरी गरेका थिए । उजुरीको आधारमा प्रहरीले खोज्ने क्रममा उनको शव फेला पारेको हो ।

Advertisement

प्रहरीले २४ घण्टाभित्रै तेजको हत्यामा संलग्न भनिएका आरोपीहरु समेत पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानबाट तेजकी श्रीमती लक्ष्मी बडैला र उनका प्रेमी गोदावरी–१२ का दीपक खत्रीले तेजको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए । उनीहरु दुवैलाई जिल्ला प्रहरी कार्यालय धनगढीको हिरासतमा राखेको प्रहरीले जनाएको छ ।

खत्रीले असार ८ गते राति तेजलाई भेट्न बोलाएर टाउकोमा लठ्ठी प्रहार गरी हत्या गरेको र शवलाई भासुको भिरमा फालेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

बैशाखमा लक्ष्मीसँग विवाह गरेका कञ्चनपुर पुनर्वास–२ दशरथ बस्ती टोलमा बस्दै आएका विष्ट गोदवारी–११ ओलानीस्थित ससुराली जानका लागि म २ प ७४७७ नम्बरको सेतो पल्सरमा हिँडेको उनको आमा हिरा विष्टले बताइन् ।

उनले ससुराली ४ बजे पुगेको र ७ बजे साथीको फोन आयो भन्दै ससुरालबाट नै हिँडेको बताइन् । अन्दाजी २४ वर्षीय तेजको शव प्रहरीले पोष्टमार्टमका लागि ल्याउने तयारी गरिरहेको प्रहरी उपरीक्षक घिमिरेले बताए । उनले ५ मिटर गहिरो खोल्सामा लाश खसेको हुनाले उठाउन गाह्रो भइरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री