शुक्रबार, ७ वैशाख २०८१

क्यान्सरपीडित पूर्णिमायालाई पौने चारलाख

समयपोष्ट २०७५ असार १२ गते ६:१२

पाठेघरको क्यान्सरबाट पीडित मोरङको पथरीशनिश्चरेकी पूर्णिमाया राईको उपचार खर्चमा सहयोग पु¥याउन हङकङमा बस्दै आएका नेपालीले आर्थिक सहयोग गर्नुभएको छ ।

Advertisement

५५ वर्षीया क्यान्सरपीडित राईलाई ‘मोरङ कुशे शनिश्चरे हङकङ समाज’को पहलमा संकलित रु तीन लाख ७० हजार सोमबार उहाँकै निवासमा प्रदान गरिएको हो । सो रकम पथरीशनिश्चरेकै मीनप्रसाद लिम्बूले क्यान्सरपीडित राईका श्रीमान् नरबहादुर राईलाई हस्तान्तरण गर्नुभएको छ । पूर्णिमाया करीब १७ महिनायता पाठेघरको क्यान्सरबाट पीडित राई हाल काठमाडौँ क्यान्सर सेन्टरमा उपचार भइरहेको छ ।

आर्थिक अभावका कारण समयमै उपचार गर्न समस्या परेको थाहा पाएपछि हङकङमा बस्दै आएका युवराज लिम्बू ‘अमर’, रविन लिम्बू, योगराज लिम्बू, विजय लिम्बू, सन्त लिम्बू, बिजु लिम्बू, नरेश नाल्बोलगायतले पीडित राईका लागि रकम संकलन गर्नुभएको थियो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री