शनिबार, ८ वैशाख २०८१

नाइजेरियामा अज्ञात समूहको आक्रमणबाट कम्तीमा ८६ जनाको मृत्यु

समयपोष्ट २०७५ असार ११ गते ८:४१

नाइजेरियाको मध्य प्रदेश प्लाटेउमा भएको आक्रमणमा परी कम्तीमा ८६ जनाको मृत्यु भएको छ ।

Advertisement

विभिन्न ठाँउमा भएका घटनाहरमा परी उनीहरूको मृत्यु भएको प्रहरी अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।
शंकास्पद बन्दुकधारीहरूले शनिबार राती अवेर आक्रमण गरेका हुन् । आक्रमणमा परी अरु छ जना सख्त घाइते भएका छन् भने ५० घरमा क्षति पुगेको छ ।
त्यसैगरी दुई कार र १५ मोटरसाईकल पनि पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रहरी अधिकारीहरूको भनाइ छ ।
एक जना प्रहरी प्रवक्ताले आक्रमणको कारणका बारेमा अहिलेसम्म केही पत्ता लाग्न नसकेको जनाएका छन् ।

आक्रमणकारीबाट विषेश गरी गासिस जिल्लाको रजात, रुकु, न्यार, कुरा र गाना रोप गाँउलगायतका ठाँउहरू बढी प्रभावित भएका छन् । बन्दुकधारीहरूको आक्रमणबाट ११ गाँउ प्रभावित भएका हुन् ।

प्रहरीले घटनाका बारेमा अनुसन्धान प्रक्रिया अगाडी बढाइसकेको ती प्रहरी प्रवक्ताले बताए ।
राष्ट्रपति मोहम्मद बुहारीले सामाजिक सञ्जाल ट्वीटर मार्फत् घटनाप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित सामाग्री