मंगलबार, ११ वैशाख २०८१

तोकिएको समयमा किन आउँन सकेन महानगरपालिकाको बजेट ?

समयपोष्ट २०७५ असार १० गते १४:३८

ललितपुर महानगरपालिकाले तोकिएको मितिमा बजेट सार्वजनिक गर्न सकेन । बजेटलाई लक्षित गरेर कार्यपालिकाको बैठक बस्न नसक्दा बजेट समयमा आउन नसकेको हो । यही असार २५ गते मात्रै बजेट सार्वजनिक गर्ने महानगरपालिकाले निर्णय गरेको छ ।

Advertisement

यसैबीच गोदावरी नगरपालिकाको बजेट सार्वजनिकीकरण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीकी पम्फा भुसालले ललितपुर महानगरपालिकाले समयमा बजेट ल्याउन चुकेको बताउनुभयो । समयमा बजेटमाथि छलफल नियाल्दा तोकिएको मितिमा बजेट आउन नसकेको हो । उहाँले भन्नुभयो, “हिजोअस्ति बैठक नै नबसेर बल्ल आजदेखि शुरु भएको छ ।”

वडा नं ३ का अध्यक्ष श्रीगोपाल महर्जन चैतबाट बजेटमा छलफल थाल्नुपर्नेमा अझैसम्म शुरु नभएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आजदेखि बल्ल उहाँले बजेटमाथि छलफल शुरु गर्नुभएको छ ।” प्रमुख पटकपटक विदेश भ्रमण गइरहँदा पनि समयमा हुन नसकेको उहाँको आरोप छ ।

वडा नं २७ का अध्यक्ष बाबुराजा महर्जनले छलफल गर्दागर्दै बजेटलाई पूर्णता दिन नभ्याएको बताउनुभयो ।उहाँले भन्नुभयो, “ढिला भए पनि राम्रो बजेट ल्याउनुपर्छ ।” बजेटमाथि विस्तृतरुपमा छलफल भइरहेको उहाँले बताउनुभयो।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री