शनिबार, ८ वैशाख २०८१

अब कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेर मात्र पुग्दैन,यस्तो छ नयाँ नियम

समयपोष्ट २०७५ असार १० गते ८:४२

दक्षिण कोरियाले भाषा परीक्षा उत्तीर्ण गरी रोजगारीका लागि कोरिया जाने कामदारका लागि नयाँ परिक्षण प्रणाली लागु गर्ने भएको छ । कोरियाले भाषा परीक्षापछि नेपाली कामदारका लागि सिपमा आधारित परीक्षा प्रणाली लागू गर्ने भएको हो ।

Advertisement

कोरियाले यसअघि नै सन् २०१९ देखि नेपाली युवाको सिप क्षमता पनि परीक्षण गरेर लैजाने घोषणा गरिसकेको थियो । तर, तयारी नपुगेपछि एकवर्ष पछि धकेलिएको हो । कोरियाले सन् २०२० देखि नेपालबाट कामदार लैजाँदा सिप र भाषा दुबैलाई परीक्षण गर्ने तयारी गरेको छ ।

यसअनुसार रोजगार अनुमति प्रणालीअन्तर्गत भाषा परीक्षा मात्रै उत्तीर्ण गरी रोजगारीका लागि कोरिया जाने क्रम आगामी वर्षसम्म मात्रै चल्नेछ । सन् २०१९ मा भने अहिलेर्कै प्रणालीमा परीक्षा हुनेछ ।

नयाँ प्रणाली आएपछि भाषा राम्रो भएपनि हातमा सिप नभएका युवालाई कोरियाले ‘अयोग्य’ ठहर्‍याउने छ । त्यसपछि कोरिया जानेहरुले भाषा परीक्षासँगै सीपको पनि परीक्षा दिनुपर्नेछ ।

यसअनुसमार अब उत्पादनमूलक समूहमा जाने कामदारले भाषा परीक्षा ल्याएको अंकलाई ८० प्रतिशत मानिनेछ । थप २० प्रतिशत अंकको लागी सीपको परीक्षण गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री