शुक्रबार, १६ चैत २०८०

चार विद्यालयमा मैथिली शिक्षा शुरु

समयपोष्ट २०७५ असार १० गते ६:२१

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले महोत्तरी जिल्लाको चार वटा विद्यालयमा मातृभाषा मैथिली शिक्षाको शुभारम्भ गर्नुभएको छ ।

Advertisement

शनिवार मन्त्री पोखरेलले श्री माध्यमिक विद्यालय बखरीभाठ, श्री जिवन माध्यम आधारभूत विद्यालय अंकार, श्री राष्ट्रिय आधारभूत विद्यालय बेला र श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय महादेवपट्टिमा मातृभाषा मैथिली शिक्षाको शुभारम्भ गर्नुभएको हो ।

मन्त्री पोखरेलले ती चारवटै विद्यालयमा विद्यार्थीको लागि १०० पूर्णाङ्कको मातृभाषाको मैथिली शिक्षा लागु भएको घोषणा गर्नुहुँदै सबै विद्यालयमा मैथिली शिक्षाको किताब समेत बाँड्नुभएको थियो ।

ती चारवटै विद्यालयको प्राथमिक तहमा अहिले मातृभाषा शिक्षाको रुपमा मैथिली शिक्षा लागू गरिएको भएपनि विस्तारै प्रत्येक तहमा मैथिली शिक्षा लागू हुने मन्त्री पोखरेलले बताउनुभयो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री