बिहीबार, १५ चैत २०८०

आप्रवासी नीति उल्टिएसंगै अमेरिकामा बालबालिकाको लागि यस्तो ब्यवस्था

समयपोष्ट २०७५ असार ८ गते १२:०६

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आप्रवासी बालबालिकाको लागि करिब २० हजार विछ्यौनासहितको बासस्थान निर्माण गर्ने भएको छ । सो कुराको जानकारी अमेरिकी सेनाका प्रवक्ताले बिहीबार दिनुभएको छ ।

Advertisement

अमेरिकी स्वास्थ्य तथा मानवीय सेवा विभागको अनुरोधमा आप्रवासी बालबालिकाको लागि २० हजार अस्थायी विछ्यौनासहितको वासस्थानको व्यवस्था गर्न लागिएको पेन्टागनका प्रवक्ता ज्यामिन डेभिस्ले एएफपी समाचार समितिलाई जानकारी दिनुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी नीतिप्रति केही लचिलो भएर आप्रवासी नागरिकका बालबालिकालाई पनि सँगै बस्न दिइने नीतिमा सहमति जनाएलगत्तै यो समाचार आएको छ ।

अमेरिकामा रहेका कुनै कागजात नभएका अथवा दर्ता नगरिएका आप्रवासीका बालबालिकालाई आमावावुबाट छुट्याएर अलग्गै गर्ने नीति यसअघि राष्ट्रपति ट्रम्प प्रशासनले ल्याएको थियो ।

राष्ट्रपति ट्रम्प अमेरिकामा निर्वाचित भएपछि यो नीति आएको थियो । यो अमेरिकी नीतिको अन्तर्राष्ट्रियरूपमा व्यापक मात्रामा आलोचना भएको थियो ।

अमेरिकाजस्तो देशले पनि आफ्ना आमावावुसँगै बालबालिका पनि बस्न पाउनुपर्ने अधिकारको विरुद्धमा रहनु दुःखद भन्दै उहाँको व्यापक मात्रामा विरोध भइरहेकै बेला उहाँले उक्त निर्णयलाई उल्टाएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आप्रवासीका आफ्ना परिवारका सदस्य र बालबालिकालाई पनि साथैमा रहन अनुमति दिने आदेश दिएपछि यस नयाँ नीतिसँगै पेन्टागनको पनि यो निर्णय आएको छ । रासस\एएफपी

प्रतिक्रिया

सम्बन्धित सामाग्री