शुक्रबार, १६ चैत २०८०

सिभिल बैंकले शुरु गर्यो स्मार्ट वेबसाईट

समयपोष्ट २०७५ असार ८ गते ११:२८

सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सहज ढंगले सुचना प्राप्त गर्न स्मार्ट वेबसाईटको सुरुवात गरेको छ । सो स्मार्ट वेबसाईटको अनावरण बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले गरेका हुन् ।

Advertisement

यो स्मार्ट वेबसाईट सबै खाले मोबाईल तथा कम्प्युटरमा सजिलै हेर्न सकिन्छ । यो स्मार्ट वेबसाईटमा बैंकको सेवा तथा सुविधाको बारेमा जानकारी प्रदान गर्नुका साथै ईन्टरनेट बैंकिङ मार्फत खाताको विवरण हेर्न सकिने, सिभिल बैंक वा अन्य बैंकमा रकमान्तर गर्न सकिने, मोबाइल टप अपको सुविधा, ल्यान्ड लाइन, एडीयसयल, विद्युत प्राधिकरण तथा डिसहोमको बील भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले हालसम्म ३७ अर्ब रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी करीब ३६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको कुल शाखा संख्या ६३ पुगेकोे बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री