शुक्रबार, ७ वैशाख २०८१

प्रियंकाका कारण टुट्यो निक र डेल्टाको प्रेम, विक्षिप्त हुँदै निककी पूर्वप्रेमिकाले यसो भनिन्

समयपोष्ट २०७५ असार ८ गते ७:४०

बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोन्सको प्रेम सम्बन्धले निककी पूर्व प्रेमिका डेल्टा विक्षिप्त अवस्थामा पुगेकी छिन् ।

Advertisement

उनले एक अन्र्तवार्तामा प्रियंका जस्ति पहुँचवाली नायिकासँग आफूले प्रतिस्पर्धा गर्न नसक्ने बताउँदै भनेकी छिन्, ‘म प्रियंकासँग लड्न सक्दिनँ किनकी उनीसँग प्रिन्स ह्यारीकी पत्नी मेगन मर्कल जस्ता साथीहरु छन् । अन्र्तवार्तामा डेल्टाले आफूले बारम्बार फोन गर्दा पनि निकले रिसिभ नगरेको गुनासो समेत गरिन्।
डेल्टाले भनिन्,‘सायद उनी (प्रियंका) मभन्दा राम्री छिन्, त्यसैले निकले मलाई धोका दिए,।’ निक र डेल्टाबीच सन् २०११ देखि प्रेम थियो । तर, प्रियंका आफ्नो जीवनमा आएदेखि निकले डेल्टालाई पन्छाउन थालेका थिए ।

यता प्रियंकासँग निकको अफेयर भने दिन प्रतिदिन गहिरो बन्दै गइरहेको छ । पछिल्लो समय निकका परिवारसँग पनि प्रियंका नजिकिन खोजिरहेकी छिन् ।निकका बाबुलाई हालै उनले इन्स्टाग्राममा फलो गरिन् । निकका भाई प्रियंकाको बयान गरेर थाक्दैनन् ।

प्रियंकाभन्दा निक १० वर्ष कान्छा छन् । साथै होचा पनि छन् । आफूभन्दा कान्छो र होचो व्यक्तिसँग प्रेम गरिरहेको भनेर प्रियंकाको निकै ट्रोल पनि भइरहेको छिन् ।यद्यपि, उनी निक आफ्नो साथी मात्रै भएको बताउन छोडेकी छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री