शुक्रबार, १६ चैत २०८०

बैंक अफ काठमाण्डूको बोनसपछिको सेयरमूल्य समायोजन

समयपोष्ट २०७५ असार ८ गते ६:४९

बैंक अफ काठमाण्डूको सेयरमूल्य समायोजन भएको छ । बैंकको शुक्रबार नेप्सेमा १३.२५ प्रतिशत बोनसपछिको सेयरमूल्य समायोजन भएको हो ।

Advertisement

नेप्सेले बोनस पश्चात बैंकको प्रतिकित्ता सेयरमूल्य २७३ रुपैयाँ ७३ पैसा निर्धारण गरेको छ । समायोजन भएको सेयरमूल्यको आधारमा नै बैंकको सेयर कारोबार आइतबार खुला हुनेछ ।

बैंकको १८० दिनको सेयर कारोबारको आधारमा औसत आधारमूल्य ३६८ रुपैयाँ ३७ पैसा कायम भएको हो । बैंकले गत बर्षको नाफाबाट १३.२५ प्रतिशत बोनस सेयर बितरण गर्न शुक्रबार बुकक्लोज गरेको हो । यसअनुसार असार ७ गतेसम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्नेछन् ।

बैंकले बोनस वितरण प्रस्ताव पारित गर्न असार २८ गते बिहिबार साधारण सभा आह्वान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री