शुक्रबार, २४ वैशाख २०७८

पाँच बिगाहको गाँजा नष्ट

समयपोष्ट २०७५ असार ८ गते ६:११

लागूऔषध दुरुपयोग एवं ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवसअन्तर्गत कञ्चनपुर प्रहरीले सप्ताहव्यापी गाँजा नष्ट अभियान जिल्लाभर सञ्चालन गरेको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जिल्ला मातहत रहेका विभिन्न इलाका प्रहरी र प्रहरी चौकीले गाँजा नष्ट अभियान सञ्चालन गरेको बताउनुभयो ।

सोअन्तर्गत बिहीबार इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले शुक्लाफाँटा नगरपालिका–१० झलारीबजार र वडा नं ७ फुलेली क्षेत्रको सार्वजनिक क्षेत्रका साथै विद्यालय क्षेत्रमा रहेको गाँजाका बोट नष्ट गरेको छ ।
त्यसैगरी बिहीबार नै इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र इलाका प्रशासन कार्यालयका कर्मचारीले समेत सार्वजनिक जग्गामा उम्रिएका गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय मझगाउँले पनि विगत केही सातायता निरन्तररुपमा भीमदत्तनगरपालिकाको विभिन्न क्षेत्रमा गाँजा नष्ट अभियानलाई तीव्रता दिइरहेको छ । हालसम्म प्रहरीले जिल्लाभरमा करीब पाँच बिगाहभन्दा बढी क्षेत्रफलको गाँजा नष्ट गरिसकेको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री