बिहीबार, १३ वैशाख २०८१

उम्लियो भने पोखिन्छ गीतमा ‘कुटुमा कुटुकी’ स्वस्तिमा (भिडियोसहित)

समयपोष्ट २०७५ असार १ गते ८:४६

निर्माता अशोक शर्माको ‘जय भोले’को पहिलो गीत ‘उम्लियो भने पोखिन्छ…’ सार्वजनिक गरिएको छ । बिहीबार कमलपोखरीस्थित कुमारी हलमा एक कार्यक्रम गर्दै निर्माण युनिटले पहिलो गीत सार्वजनिक गरेको हो ।

Advertisement

कलाकार र निर्माण युनिट र चलचित्र क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थिति कार्यक्रममा रहेको थियो । गीतमा राजनराज सिवाकोटी र मेलिना राई र राजन राजकै संगीत रहेको गीतमा बसन्त श्रेष्ठको नृत्य रहेको छ ।

चलचित्रको गीतमा कुटुमा कुटुकी अभिनेत्री स्वस्तिमासँग खगेन्द्र लामिछाने, सलोन बस्नेत, सौगात मल्ल, बुद्धी तामाङ, राजाराम पौडेललगायतका कलाकारले नृत्य गरेका छन् ।

ह्युमर तथा सोसल कमेडी ड्रामाले भरिएको चलचित्र बताईको ‘जय भोले’को निर्माण लागत १ करोड ६० लाख बताइएको छ । झापा र ईलामका आकर्षक स्थानमा खिचिएको चलचित्रमा अभिनेता खगेन्द्र लामिछानेको पटकथा, पुरुषोत्तम प्रधानको छायांकन, राजनराज सिवाकोटी र कल्याण सिंहको संगीत, राज ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशन विक्रम भट्टराईको फाइट रहेको छ ।

कार्यक्रममा अधिकांश कलाकारले चलचित्र उत्कृष्ट बनेको र अहिलेसम्मकै फरक कथा रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री