शुक्रबार, १६ चैत २०८०

तरकारीपछि दुग्ध उद्योगमा कृषि मन्त्रीको छापा, अखाद्य वस्तु भेटिएपछि गोदाममा शिलबन्दी

समयपोष्ट २०७५ जेठ २८ गते ७:१७

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले मन्त्रालयकाे क्षेत्राधिकारभित्र पर्ने तरकारी बजार, दुग्ध उत्पादन कम्पनीहरुको अनुगमनमा सक्रियता देखाएका छन् ।

Advertisement

यसअघि कालीमाटी तरकारी बजारको अनुगमनमा निस्केका खनाल आज बिहान बालाजु औद्योगिक क्षेत्रमा रहेको आधुनिक डेरी प्रोडक्टको उत्पादन केन्द्रमा अनुगमन पुगे ।

मन्त्रालयका अधिकारी, सञ्चारकर्मीको टोलीसहित अनुगमनमा पुगेका मन्त्री खनालले आधुनिक डेरी प्रोडक्टले सरसफाइमा ध्यान नदिएकाे, दूध बनाउन मिति उल्लेख नभएकाे पाउडर प्रयाेग गरेकाे भेटिएकाे बताए ।

त्यसैगरी दग्ध पदार्थकाे उत्पादनमा असल उत्पादन प्रणाली प्रयाेग गर्नुपर्ने भए पनि आधुनिक डेरी प्रोडक्टले त्यसाे नगरेकाे भेटियो ।

दूध बनाउन प्रयोग हुने पाउडरमा स्पष्ट रुपमा मिति उल्लेख नभएकाे भेटिएपछि अनुगमन टाेलीले पाउडर गाेदाममा शिल गरिदिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री