शुक्रबार, ७ वैशाख २०८१

भदौमा प्रियंका र आयुष्मानको ‘चङ्गा चेट’

समयपोष्ट २०७५ जेठ २५ गते १०:१५

नेपाली नक्कली नोटसहित पक्राउ परेपछि हाल प्रहरी नियन्त्रणमा रहेका निर्माता माधव वाग्ले निर्मित नयाँ फिल्म ‘चङ्गा चेट’ को प्रदर्शन मिति घोषणा गरिएको छ । यही फिल्मका लागि बनाइएको नक्कली नोटका कारण उनलाई प्रहरीले हिरासतमा लिएको हो ।

Advertisement

निर्देशक दीपेन्द्र के. खनाल निर्देशित यो फिल्मको प्रदर्शन मिति भदौ १५ गतेलाई तय गरिएको छ । यो फिल्मको केही दिनमा ‘गोजीमा दाम छैन’ बोलको गीत रिलिज हुँदैछ ।

प्रियंका कार्की, ऋचा शर्मा, अर्पण थापा, आयुष्मान देशराज जोशी, परमिता राज्यलक्ष्मी राना, सुरक्षा पन्त, माओत्से गुरुङ, रविन्द्र झा, सन्दीप क्षेत्री, आशिफ शाहलगायतका कलाकारको ‘चङ्गा चेट’ मा अभिनय छ ।

फिल्ममा प्रदीप भारद्वाजको कथा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत छ । प्रिन्सेस मुभिजको प्रस्तुति रहेको उक्त फिल्म डार्क कमेडी जनरामा निर्माण भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री