सोमबार, ५ साउन २०८२

गर्भनर नेपालले भने : पुँजी बजार जेठो हो तर पुड्के भयो

समयपोष्ट २०७५ जेठ २५ गते ९:०८

नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवि नेपालले नेपालको सेयर बजार पुड्के भएको बताएका छन् ।

नेपाल धितोपत्र बोर्डको २६ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै डा. नेपालले पुँजी बजारमा सोचे जस्तो विकास हुन नसकेको औल्याए । लामो समयसम्मको राजनीतिक अस्थिरताका कारण नेपालको पुँजी बजारले पनि गति लिन नसकेको उनको भनाई छ ।

डा. नेपालले भने, ‘बजार अघि बढ्न राजनीतिक स्थायित्व चाहिन्छ, राजनीतिक अस्थिरताले गर्दा हाम्रो पुँजी बजार बढ्न सकेन जबकि छिमेकी देश भारत हामी भन्दा एक वर्ष मात्र कान्छो हो तर पुँजी बजारमा विश्वमा पाँचौ स्थानमा छ । नेपाल भारत भन्दा जेठो हो तर बढ्न सकेन, पुड्के भयो ।’

उनले दिनप्रतिदिन सुचिकृत कम्पनीको संख्या बढ्दै गएको अवस्थामा पनि नियामक धितोपत्र बोर्डको जनशक्ति कम भएको जनाए ।

उनले भने, ‘हामी राष्ट्र बैंक पनि नियामक हौ । ३०० संस्थालाई नियमन गर्छौ । ९८० जना कर्मचारी छौ तर पनि नियमन गर्न हम्मे हम्मे पर्छ । तर, बोर्डमा ५० जना कर्मचारी छन्, झण्डै ४०० सुचिकृत सँस्थाको नियमन गर्छ । यो अपर्याप्त जनशक्ति भयो’ ।

डा. नेपालले बोर्डकको आफ्नै भवन र पर्याप्त जनशक्तिको व्यवस्था गर्नुपर्ने खाँचो समेत औल्याए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री