लुम्बिनी विकास बैंकको सेयर लिलामीमा
समयपोष्ट
२०७५ जेठ २५ गते ५:४५
लुम्बिनी विकास बैंकले ३ लाख ६४ हजार ८३६.४४ कित्ता सेयर लिलामीमा राखेको छ । बैंकले आजबाट लिलामीमा राखेको सेयरमा असार ८ गतेसम्म भिबोर क्यापिटल ट्रेड टावर थापाथलीबाट शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । बैंकको सेयर विक्री प्रबन्धक भिबोर क्यापिटल रहेको छ । बैंककाे सेयरमूल्य प्रतिकित्ता १५१ रूपैयाँ तोकिएको छ ।
बैंकले यसअघि वैशाख २ देखि ९ गतेसम्म लिलामी मार्फत सेयर विक्री खुला गरेपनि संस्थापक सेयर सबै विक्री नभएपश्चात दोस्रो पटक लिलामीमा ल्याएको हो । हालको लिलामीमा सर्वसाधारणले समेत आवेदन गर्न पाउनेछन् ।
लिलामी सेयरमा न्यूनतम १०० रुपैयाँदेखि बढाबढ मूल्यमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ता सेयरका लागि बोलपत्र पेश गर्न सकिने क्यापिटलले जनाएको छ ।
प्रतिक्रिया