सोमबार, ७ साउन २०८१

मधेशको योजना आयोग उपाध्यक्षमा डा साह नियुक्त

समयपोष्ट २०८१ असार ६ गते २१:०३

Advertisement

मधेस प्रदेश सरकारले मधेश प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा सोहन साह नियुक्त गरेकोे छ ।

आज मुख्यमन्त्री सतिश सिंहले उहाँलाई नीति तथा योजना आयोगमा नियुक्त गर्नुभएको हो ।

साहले आजै पद तथा गोपनीयताको शपथ लिइ पदभार ग्रहण गर्नुभएको छ ।

डा साह यसअघि जनमत पार्टी सरकारमा रहँदा नीति तथा योजना आयोगको सदस्य हुनुभएको थियो ।

Advertisement

जनमतले माघ ७ गते सरकार छाडेपछि तत्कालीन सरकारले साहलाई वर्खास्त गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री