सोमबार, ७ साउन २०८१

विद्यालयका सटर बन्द नगराउन काठमाडौं महानगरलाई अदालतको आदेश

समयपोष्ट २०८१ जेठ ३१ गते १३:५१

Advertisement

उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकालाई सामुदायिक विद्यालयबाट भाडामा लिएका सटरलाई बन्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश लेखनाथ पौडेलको इजलासले असार ७ सम्मका लागि सामुदायिक विद्यालयले भाडामा लगाएका सटर बन्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएका हुन् ।

नगर प्रहरीले व्यवसायीका सटर तान्दै ताला लगाउन थालेपछि तुलसीप्रसाद अगस्तीले मङ्गलवार उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए ।

उक्त रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको हो । महानगरले शैक्षिक कामकारवाहीका लागि उपयोग हुनुपर्ने सटर भाडामा लगाएको ताला लगाएको थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री