सोमबार, ७ साउन २०८१

वायुसेवा निगमले १० महिनामा कमायो सवा १३ अर्ब

समयपोष्ट २०८१ जेठ ३० गते ११:४१

Advertisement

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले पछिल्लो १० महिनामा १३ अर्ब २० करोड रुपैयाँ आम्दानी गरेको छ । निगमले सार्वजनिक गरेको तथ्यांकअनुसार आन्तरिक उडानबाट ११ करोड २० लाख रुपैयाँ, अन्तर्राष्ट्रिय उडानबाट १३ अर्ब ९ करोड रुपैयाँ आम्दानी गरेको छ ।

पछिल्लो १० महिनामा आन्तरिक उडानमा जम्मा १६ हजार ८६१ जना यात्रुलाई सेवा दिएको छ । अन्तर्राष्ट्रिय उडानबाट भने ४ लाख ९३ हजार ८०४ जना यात्रुलाई सेवा दिएको छ ।

निगमले चालु आर्थिक वर्षको १० महिनामा दिएको यात्रु सेवा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ६० हजारले बढी छ । निगमले अन्तर्राष्ट्रिय उडानमा गत वर्षको तुलनामा चालु आर्थिक वर्षको १० महिनामा यात्रुसेवा बढाउन सफल भएको छ । गत वर्ष निगमले जम्मा ४ लाख ७१ हजार यात्रुलाई मात्रै सेवा दिएको छ ।

निगमले चालु आवको १० महिनामा सबैभन्दा बढी आम्दानी कात्तिक महिनामा गरेको छ । कात्तिकमा निगममा अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने ४ वटै जहाज (२ वटा वाइडबडी र २ वटा न्यारोबडी) उडानमा थिए।

Advertisement

उक्त महिना निगमले १ अर्ब ६७ करोड रुपैयाँ आम्दानी गरेको थियो। त्यसपछि निरन्तर ग्राउन्डेड न्यारोबडी अप्रिल २८ बाट मात्रै उडानमा आएको छ। त्यसअघि निगमको न्यारोबडी एउटा जहाज निरन्तर रुपमा ग्राउण्डेड नै थियो।

असोज २० गतेबाट मंसिरको १४ गतेसम्म निगमका ४ वटै जहाज उडानमा थियो। सोही कारण चालु आवको कात्तिकमा निगमले सबैभन्दा बढी १ अर्ब ६५ करोड ७७ लाखको आम्दानी गरेको थियो।

मंसिरको १४ दिन पनि ४ वटै जहाज उडानमा थियो। जसकारण मंसिरमा कात्तिकको तुलनामा १५ करोडमात्रै कम आम्दानी गरेको थियो। मंसिरमा भने १ अर्ब ५० करोड रुपैयाँको आम्दानी भएको थियो।

यसैगरी असोजमा पनि २० दिन निगमका ४ वटै जहाज उडानमा थिए। जसका कारण निगमको आम्दानी कात्तिकको तुलनामा १९ करोड रुपैयाँले मात्रै घटेको थियो। मंसिर १४ गतेदेखि निगमको एउटा न्यारोबडी जहाज ग्राउण्डेड छ।

जहाज ग्राउण्डेड भएसँगै निगमले माघमा ५१ करोड र फागुनमा ४८ करोड रुपैयाँ आम्दानी गुमाएको छ। चैतमा पनि निमगको एउटा न्यारोबडी जहाज ग्राउन्डेड थियो। जसका कारण चैतमा निगमले ३० करोड रुपैयाँको हाराहारीमा आम्दानी गुमाएको छ। चैतमा निगमले जम्मा १ अर्ब ३० करोड आम्दानी गरेको थियो।

यसैगरी बैशाखको आधा महिनामा पनि निगमको एउटा न्यारोबडी जहाज ग्राउण्डेड थियो। तर हवाई यात्रुको चाप र हवाई फेयर बढी हुँदा बैशाखमा केही बढी आम्दानी देखिएको छ। बैशाखामा १ अर्ब ५३ करोड आम्दानी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री