शनिबार, ८ वैशाख २०८१

शुभम पावरको २ लाख कित्ता आईपिओ खुल्यो

समयपोष्ट २०७५ जेठ २० गते ५:२१

शुभम पावर लिमिटेडले साधारण सेयर जारी गरेको छ । कम्पनीले आईतबारबाट २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता साधारण सेयर जारी गरेको हो । कम्पनीले आयोजना प्रभावित संखुवासभाका स्थानीयबासिन्दाका लागि जारी गरेको साधारण सेयरमा न्युनतम ५० देखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सकिन्छ ।

Advertisement

कम्पनीको आईपिओ निष्कासन छिटोमा असार ३ र ढिलोमा असार २४ गतेसम्म हुने बिक्री प्रवन्धक सीबीआईएल क्यापिटलले जनाएको छ ।

शुभम पावर लिमिटेड चैनपुर संखुवासभा, एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था तुम्लिङटार र मामलिङ शाखाबाट सेयर भर्न सकिनेछ । यसैगरी, प्राइम बैंकको खाँदबारी र तुम्लिङटार शाखाबाट पनि आवेदन दिन पाउनेछन् । त्यस्तै एभरेष्ट बैंक र सेन्चुरी बैंकको खाँदबारी शाखाबाट पनि सेयर भर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

आयोजना प्रभावितलाई निष्कासन गरेको आईपिओ बाँडफाँड पश्चात २० प्रतिशत अर्थात ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपिओ सर्वसाधारणलाईै निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री