शुक्रबार, ७ वैशाख २०८१

गर्मीले कतै स्कुल बन्द, कतै प्रार्थना स्थगित

पत्रपत्रिका २०८० जेठ २८ गते ६:२९

Advertisement

अत्यधिक गर्मीका कारण विद्यार्थीको पढाइ प्रभावित भएको छ । गर्मी बढेसँगै विद्यार्थीहरू कक्षाकोठामै बेहोस भएर ढल्न थालेपछि तराईका साथै पहाडी जिल्लाका अधिकांश विद्यालयमा पढाइ बन्द भएको छ ।

स्थानीय तहले वर्षे बिदामा कटौती हुने गरी पढाइ बन्द गर्न विद्यालयलाई निर्देशन दिएका छन् । केही स्थानीय तहले सम्बन्धित विद्यालयलाई आफू अनुकूल निर्णय गरेर पढाइ व्यवस्थापन गर्न अनुमति दिएका छन् । तापक्रम बढेर तातो हावा ‘लु’ चल्न थालेपछि बाँके, बर्दिया, सुर्खेत, महोत्तरी, सर्लाही, धनुषा, रौतहट, बारा, पर्सालगायत तराई क्षेत्रका अधिकांश जिल्लाका स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

काठमाडौँमा पढाइ बन्द नभए पनि बिहानको समयमै अत्यधिक गर्मी भएपछि केही विद्यालयले बिहानको प्रार्थना सभा बन्द गराएका छन् । तनहुँ, गोरखा, धादिङलगायत पहाडी क्षेत्रमा समेत गर्मीका कारण विद्यालय बन्द भएका छन् । गोरखापत्र दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री