बिहीबार, ६ वैशाख २०८१

बजेटले आर्थिक क्षेत्रमा फड्को मार्न नसक्ने सांसद वाग्लेको टिप्पणी

समयपोष्ट २०८० जेठ २६ गते १७:२९

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले नेपाल सरकारले प्रस्तुत गरेको बजेटले आर्थिक क्षेत्रमा फड्को मार्न नसक्ने टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा आगामी आर्थिक वर्षको आय र व्ययको अनुमान (बजेट) माथिको जारी छलफलमा भाग लिँदै उहाँले ‘फण्डामेन्टल कोर्स करेक्सन’ गर्न सुझाव दिनुभयो । राजस्वका लक्ष्य हासिल गर्न चालु आर्थिक वर्षमा नै चुनौती देखिएको उहाँको भनाइ थियो ।

बैठकमा सांसद मञ्जु शर्मा अन्सारीले बजेट जनताका लागि सहायक नभएको टिप्पणी गर्नुभयो । सांसद शङ्कर भण्डारीले राजनीतिक स्थिरता नहुँदा आर्थिक सम्मुनति हुन नसकेको बताउनुभयो ।

सांसद भीमप्रसाद आचार्यले बजेटले मुलुकका जल्दाबल्दा समस्यालाई सम्बोधन गर्न नसकेको टिप्णी गर्नुभयो भने सांसद प्रेम सुवालले मजदुर र श्रमिक वर्गका लागि समाजवादी व्यवस्था नआएसम्म वर्तमान शासन प्रणालीले जनमुखी कार्यक्रम दिन नसक्ने जनाउनुभयो ।

सांसद् धवलशमशेर जबराले नेपाली किसानलाई अनुदान बढाएर भारतीय किसानका उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्ने बताउनुभयो । सांसद राजेन्द्रकुमार राईले कुनै जिल्लामा अत्यधिक र कुनै जिल्लामा न्यून बजेट विनियोजनले सन्तुलित विकास नहुने भन्दै बजेट पुनःलेखन गर्न माग गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री