बुधबार, १२ वैशाख २०८१

प्रभु लाइफको पाँचौं वार्षिक साधारण सभा सम्पन्न , १०.३१ प्रतिशत लाभांस प्रस्ताव पारित

समयपोष्ट २०८० जेठ २६ गते १५:१२

Advertisement

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले १०.३१ प्रतिशत लाभांस प्रस्ताव पारित गरेको छ ।

शुक्रबार कम्पनीका अध्यक्ष सुभाष अमात्यको अध्यक्षतामा सम्पन्न पाँचौं वार्षिक साधारण सभाले ९.८० प्रतिशत शेयर लाभांस र ०.५१ प्रतिशत नगद लाभांस (कर प्रयोजनको लागि) गरी जम्मा १०.३१ प्रतिशत लाभांस प्रस्ताव पारित गरेको हो ।

साधारण सभाले समूह “क” संस्थापक समूहका शेयरधनीका तर्फबाट शिक्षा भट्टचन,मिजास भट्टचन, श्याम कृष्ण श्रेष्ठ र सुसन शेरचनलाई सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित समेत गरेको छ ।

कम्पनीमा शंकर गौतम तथा दिपक पाण्डेय सर्वसाधारण शेयरधनीहरुको तर्फबाट चौंथो वार्षिक साधारण सभाबाटै सञ्चालकमा रहदै आएको कम्पनीले जनाएको छ ।

साधारण सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष अमात्यले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु समेत पारित गरेको छ ।

साधारण सभाले प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्स बीच १ः१ शेयर अनुपातमा हुने मर्जर प्रकृयालाई स्वीकृति प्रदान गरेको छ साथै, मर्जर पछि बन्ने कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड राख्न पनि स्वीकृति प्रदान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री