बिहीबार, १३ वैशाख २०८१

यूनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट, पाँच जनाले पाए ११ कित्ता शेयर

समयपोष्ट २०८० जेठ २५ गते १०:०६

Advertisement

युनिक नेपाल लघुवित्तको फर्दर पब्लिक अफरिङ (एफपिओ) बाँडफाँट भएको छ ।

बिहीबार बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा एफपिओ बाँडफाँट भएको हो ।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ७९ हजार ४२५ कित्ता शेयर निष्काशन गरेको थियो।

एफपीओमा १३ लाख ५७ हजार १८० जनाले १ करोड ५४ लाख २७ हजार ५३० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये १ हजार ४९३ आवेदन रद्द भएको छ भने १३ लाख ५५ हजार ६८७ आवेदन स्वीकृत भएको छ।

स्वीकृत आवेदनमध्ये ३७ हजार ९४२ आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरीएको छ। जसमध्ये भाग्यमानी ५ जनालाई थप एक कित्ता अर्थात कुल ११ कित्ता बाँडफाँट गरिएको छ।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ७९ हजार ४२५ कित्ता शेयर निष्काशन गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री