बुधबार, १२ वैशाख २०८१

असार १ देखि भदौ मसान्तसम्म सडक खन्न प्रतिबन्ध

समयपोष्ट २०८० जेठ २५ गते ९:५७

Advertisement

सरकारले असर १ देखि भदौ मसान्तसम्म सडक नखन्न निर्देशन जारी गरेको छ ।

सडक विभागअन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले ‘वर्षायाममा सडक खन्ने स्वीकृति नदिइनेबारे सार्वजनिक सूचना’ जारी गर्दै अटेर गरे कारवाही गरिने जानकारी दिएको हो ।

विभागले वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने अवस्था सृजना हुने भन्दै सडक खन्न प्रतिबन्ध लगाएको हो। साथै यसरी वर्षामा सडक खन्दा थप बिग्रिँदै जाने विभागको भनाइ छ।

सुचनामा भनिएको छ,‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत–सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने भएकोले यही २०६० साल असार १ गतेदेखि २०८० साल भाद्र मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने र कसैले जर्वजस्ति गरे सडक ऐन २०३१ अनुसार कारवाही गरिने छ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री