शुक्रबार, १६ चैत २०८०

अमेरिकी रक्षामन्त्रीको भनाइप्रति चीनको आपत्ति

समयपोष्ट २०८० जेठ २३ गते २१:२७

Advertisement

अमेरिकी रक्षामन्त्रीको भनाइप्रति चीनले आपत्ति जनाएको छ ।

विश्वले ‘बेइजिङको धम्की र जबरजस्ती झेल्नु परेको’ रक्षामन्त्री लोयड अस्टिनको टिप्पणीप्रति चीनले आपत्ति जनाएको हो ।

भारत भ्रमणको क्रममा अमेरिकी रक्षामन्त्रीले गरेको टिप्पणीको जवाफमा नयाँदिल्लीस्थित चिनियाँ दूतावासका प्रवक्ता वाङ सिया ओजियानले जबरजस्ती र आधिपत्यका लागि सबै प्रकारका उपाय अमेरिकाले अपनाउने गरेको बताएका छन् । उनले विश्वशान्ति र समृद्धिका लागि चीनको योगदान रहेको बताउँदै अमेरिकाको जबरजस्ती र दादागिरीका कारण विकासोन्मुख देशमात्र नभइ उसका सहयोगी र साझेदारहरूसमेत मारमा परेका दाबी गरेका छन् ।

“वर्तमान चीन–भारत सीमा स्थिति समग्रमा स्थिर छ, सीमा मामिला चीन र भारत बीचको विषय हो, कुनै तेस्रो पक्षको हस्तक्षेप स्वीकार्य छैन,” प्रवक्ता वाङले भनेका छन् ।

सोमबार रक्षामन्त्री राजनाथ सिंहसँगको द्विपक्षीय बैठकपछि पत्रकार सम्मेलनमा अमेरिकी रक्षामन्त्री अस्टिनले द्रुत रूपमा परिवर्तन भइरहेको विश्व र अन्तरराष्ट्रिय चुनौतीको चर्चा गर्दा चीनमाथि त्यस्तो टिप्पणी गर्नुभएको थियो । उहाँले युक्रेन युद्धमा चीनको भूमिकाका साथै आतङ्कवाद र जलवायु परिवर्तनजस्ता अन्तरराष्ट्रिय चासोका विषयमा चीनको भूमिकालाई लिएर आलोचना गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री