मंगलबार, ४ वैशाख २०८१

जब धनगढी उडेको श्री एयरलाइन्सको जहाजको ढोका आकाशमै खुल्यो

समयपोष्ट २०८० जेठ २३ गते १२:३१

Advertisement

काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाज काठमाडौं फर्काइएको छ ।

मंगलबार बिहान ८ बजेर १० मिनेटमा काठमाडौंबाट उडेको श्री एयरलाइन्सको २२१ जहाजको ढोका आकाशमै खुलेपछि ८ बजेर ३८ मिनेटमा काठमाडौं फर्काइएको बताईएको छ ।

प्राविधिक समस्याका कारण एक्कासि आकाशमै ढोका खुलेको बताईएको छ ।

भित्र र बाहिरको हावाको चाप नियन्त्रण गर्ने क्रममा प्राविधिक समस्या आएर विमानको ढोका खुलेको हो ।

जहाजमा करिब ८० जना यात्रु सवार थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री