शुक्रबार, १६ चैत २०८०

पाकिस्तानको पञ्जाबमा भ्यान र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, १३ जना घाइते

समयपोष्ट २०८० जेठ २२ गते २१:१७

Advertisement

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको मण्डी बहाउद्दिन जिल्लामा सोमबार भ्यान र ट्रक एक आपसमा ठोक्किँदा कम्तीमा तीन जनाको मृत्यु हुनाका साथै अन्य १३ जना घाइते भएका छन् ।

जिल्लाको गुजरात सडकमा आज बिहान एउटा सवारीसाधन मोडिदा दुर्घटना भएको र दुई महिलासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनालगत्तै उद्धार टोली घटनास्थलमा पुगेर घाइतेहरूलाई अस्पताल पुर्याएको उद्धार सेवाले जनाएको छ ।

पाकिस्तानमा मुख्यतया खराब सवारी साधन, जीर्ण सडक र सडक सुरक्षा उपायहरूको लापरवाहीका कारण सडक दुर्घटनाहरू प्रायः हुने गर्दछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री