बिहीबार, १५ चैत २०८०

सरकार र आन्दोलनरत लगानीकर्ताबिच सहमति, पुँजीगत लाभकरको ५ र ७.५ प्रतिशत नै अन्तिम

समयपोष्ट २०८० जेठ २१ गते १२:५१

Advertisement

सरकार र आन्दोलनरत शेयर बजारका लगानीकर्ताबीच प्राकृतिक व्यक्तिको लागि पूँजीगत लाभकर नै अन्तिम कर हुने सहमति भएको छ ।

पूँजीगत लाभकर ५ र ७.५ प्रतिशत नै अन्तिम हुने गरी सहमति भएको हो । दुवै पक्षले समझदारी पत्रमा हस्ताक्षर गरेपछि बजार खुलेकाे छ । सेयर लगानीकर्ताहरु ब्रोकरको कार्यालयमा टीएमएस खुला नगर्ने चेतावनी दिएर कारोबार बन्द गराई अर्थमन्त्रीसँग छलफलको लागि मन्त्रालयमा गएका थिए ।

अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले छलफलपछि सूचना जारी गर्दै सेयर कारोबार गर्ने प्राकृतिक व्यक्तिले नियमाअनुसार दाखिला गरेको ५ र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्ति कर हुने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री