शुक्रबार, १६ चैत २०८०

टोपबहादुरको बयान- हिरासतमा ‘टर्चर’ हुन्छ श्रीमान

समयपोष्ट २०८० जेठ १९ गते ११:१६

Advertisement

नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीले आफुविरुद्ध राजनीतिक चलखेल भएको बयान दिएका छन् ।

काठमाडौँ जिल्ला अदालतको २५ नम्बर इजलासमा न्यायाधीश प्रेम प्रसाद न्यौपाने सामु रायमाझीले चार पटक सांसद,उप–प्रधानमन्त्रीसम्म भएको मान्छेले भुटानी बनाएर नेपालीलाई अमेरिका पठाउने कल्पना पनि गर्न नसकिने बताए । उनले इजलासमा आफु विरुद्ध ‘अफ द रेकर्ड’राजनीतिक चलखेल भएको बताए ।

आफू पक्राउ परिसकेपछि योजनाबद्ध जाहेरी दर्ता गरिएको जिकिर गर्दै रायमाझीले जाहेरवालालाई नचिन्ने समेत बताए । रायमाझीले आफुलाई १ करोड ६० लाख नगद दिएको बयान दिने सानु भण्डारी छोरा सन्दीपको व्यापारिक साझेदार भएको तर आफुले पैसा नलिएको बताएका छन् ।

छोरा सन्दीप र सानु सहित ५ जना मिलेर कम्पनी खोलेको र व्यापारमा साझेदार रहेको कुरा उल्लेख गर्दै रायमाझीले भनेका छन्–‘व्यापारको हिसाब मलाई थाहा भएन, छोरालाई थाहा छ ।’

बयान दिँदा रायमाझीले न्यायाधीश सामु प्रहरीको हिरासतमा ‘टर्चर’ हुने गरेको पनि गुनासो गरेका छन् । बिहीबार रायमाझीले इजलासमा ७ घण्टा बयान दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री