शनिबार, ८ वैशाख २०८१

एनआईबीएल एस क्यापिटल र सस्तो डिलबिच सम्झौता

समयपोष्ट २०८० जेठ १८ गते १२:१४

Advertisement

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडद्वारा प्रर्वद्धित एनआईबीएल म्युचुअल फण्ड अन्र्तगतका योजनाहरुको योजना व्यवस्थापक तथा डिपोजटरी रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड र सस्तो
डिल प्रा.ली.बिच एनआईबीएल म्युचुअल फण्ड अन्र्तगत सञ्चालित एनआईबीएल सहभागीता फण्डमा “Corporate Payroll SIP”” मार्फत उक्त कम्पनीका कर्मचारीहरुले लगानी गर्ने उदेश्यका साथ
सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

यस योजना अन्तर्गत, सस्तो डिल प्रा.ली.का वि भिन्न तहका कर्मचारीहरुले आफुले ईच्छा अनुरुप मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबीएल सहभागीता फण्डको व्यवस्थित लगानी योजना ९क्क्ष्ए० मार्फत लगानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

उक्त सम्झौतामा सस्तो डिलका तर्फबाट कम्पनिकी प्रमुख वित्त अधिकृत सुमित्रा के.सी. र एनआईबीएल एस क्यापिटल लिमिटेडका तर्फबाट कम्पनीका नायब महाप्रबन्धक सचिन्द्र ढुंगानाले
हस्ताक्षर गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री