शनिबार, ८ वैशाख २०८१

नेपाल बैंकका अध्यक्ष अर्यालको राजीनामा स्वीकृत

समयपोष्ट २०७९ असार १४ गते १३:१०

Advertisement

अर्थ मन्त्रालयले नेपाल बैंकका अध्यक्ष सुमनराज अर्यालको राजीनामा स्वीकृत गरेको छ ।

मन्त्रालयले अर्यालको राजीनामा आइतबार स्वीकृत गरेको हो।

अर्यालले २०७८ भदौ १० देखि बैकको अध्यक्षता गर्दै आएका थिए। उनी अर्थ मन्त्रालयका तर्फबाट सञ्चालक पदमा नियुक्त भएर बैंकमा आएका थिए।

महालेखा नियन्त्रक रहिसकेका अर्याल अर्थ मन्त्रालयका सचिव हुन्। उनले राष्ट्रिय योजना आयोगमा सहसचिव भएर पनि काम गरिसकेका छन् भने केन्द्रिय तथ्यांक विभागको महानिर्देशकको जिम्मेवारी पनि सम्हालिसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री