बिहीबार, १५ चैत २०८०

सरकारी कर्मचारी लुट्ने तीन जना भारतीय पक्राउ

समयपोष्ट २०७९ असार १३ गते १८:१३

Advertisement

धनगढी–डडेलधुरा राजमार्गमा पर्ने कैलालीको गोदावरी नगरपालिकाको बुढीतोलामा सरकारी कर्मचारी लुट्ने तीन जना भारतीय पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हरियाणाका २१ वर्षका भगत सिंह,१७ वर्षका साहिल बादलिसे र २० वर्षका सन्नी जेट रहेका छन् ।

उनीहरूलाई गोदावरी नगरपालिका १ को जङ्गलबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरू पक्राउ पर्नु भन्दा अगाडि प्रहरीले उनीहरूले लुटेर लगेको ०१–२३–च ६०२१ नम्बरको कार फेला पारेको थियो ।

सोमबार डडेलधुराको आलीताल गाउँपालिकाका कर्मचारी कम्प्युटर अपरेटर लोकेन्द्र भण्डारीमाथि उनीहरुले कुटपिट गरी चढेको गाडीसमेत लुटेका थिए ।

गोदावरी नगरपालिका १ स्थित ऐश्वर्य सामुदायिक वनमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री