शनिबार, ८ वैशाख २०८१

फिल्मी शैलीमा लुटिए सरकारी कर्मचारी : लिफ्ट दिदा गाडी नै लगे, झण्डै गएन ज्यान

समयपोष्ट २०७९ असार १३ गते १७:५६

Advertisement

एक सरकारी कर्मचारी भारतीयहरुबाट लुटिएका छन् ।

धनगढी–डडेलधुरा राजमार्गमा पर्ने कैलालीको गोदावरी नगरपालिकाको बुढीतोला सडकखण्डनजिक सोमबार डडेलधुराको आलीताल गाउँपालिकाका कर्मचारी कम्प्युटर अपरेटर लोकेन्द्र भण्डारीमाथि तीनजनाको अज्ञात समूहले कुटपिट गरी उनी चढेको गाडीसमेत लुटेको हो ।

महेन्द्रनगरबाट भण्डारीको गाडीमा लिफ्ट मागेर आएका भारतीय लुटराले गोदावरी ५ मा आइपुगेपछि उनलाई नै आक्रमण गरेका थिए । निर्घात कुटपिटपछि बाँधेर सडकमा छाडेर हिँडेको प्रहरीले जनाएको छ । उनीहरुले भण्डारीको सवारी पनि लगेका छन् ।

भण्डारीले घटनाबारे प्रहरीलाई दिएको जानकारीअनुसार तीन जनाको समूहमा रहेका भारतीय जस्तो लाग्ने लुटेराहरुले ती कर्मचारीलाई गम्छाले मुख बाँधेर, हात खुट्टासमेत बाँधेर कुटपिट गरेका थिए । भण्डारीको टाउकोमा ढुंगा प्रहार गरिएको छ । भण्डारीसँग रहेको केही नगद र एटीएम कार्डसमेत लुटिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री