बुधबार, १२ वैशाख २०८१

पेस्तोलसहित एक जना पक्राउ

समयपोष्ट २०७९ असार १३ गते १०:०९

Advertisement

जिल्ला प्रहरी कार्यालय चितवनले कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१० स्वामीचोक घर भई हाल भरतपुर–५ विकासचोक बस्ने ३२ वर्षीय प्रकाश विक रहेका छन् ।

विकको कोठामा शङ्का लागि चेकजाँच गर्ने क्रममा आइतबार पेस्तोल, गोली, नगद रु एक लाख १४ हजार, सुनको सिक्री एक थान र पाँच थान मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री