बुधबार, १२ वैशाख २०८१

सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता

समयपोष्ट २०७९ असार १२ गते १९:२४

Advertisement

सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जरसम्बन्धी सम्झौता भएको छ ।

आइतबार आयोजित एक कार्यक्रममा दुवै कम्पनी एक आपसमा मर्ज गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

उक्त सम्झौता पत्रमा दुवै कम्पनीका संचालक समिति अध्यक्षले हस्ताक्षर गरे ।

होटल याक एण्ड यतीमा सम्पन्न उक्त कार्यक्रममा दुवै कम्पनीका संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृतहरु लगायत विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो ।

मर्जर गर्ने सम्बन्धमा सैद्धान्तिक सहमतिको लागि सम्झौतापत्र सहित बीमा समितिमा निवेदन दिने र बीमा समितिबाट सहमतिपत्र प्राप्त हुनासाथ मर्जर सम्बन्धी अन्य कार्यहरु द्रुत गतिमा अगाडि बढाइने जानकारी गराइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री