बिहीबार, १३ वैशाख २०८१

एसबिआई बैंकले रू. ३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न पायो अनुमति

समयपोष्ट २०७९ असार १२ गते ७:०८

Advertisement

नेपाल एसबिआई बैंकले रू. ३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्नका लागि नियमक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

बैंकले रू. १ हजार अंकित दरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न बिहीवार बोर्डबाट अनुमति पाएको हो । अनुमतिसँगै बैंकले आगामी ५ वर्षसम्मको लागि वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न पाउनेछ ।

बैंकले कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १८ लाख कित्ता ऋणपत्र व्य‍क्तिगत तबरबाट विक्री गर्नेछ । बैंककाे विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री