बिहीबार, १५ चैत २०८०

नेपालका लागि नयाँ भारतीय राजदूत श्रीवास्तव आज काठमाडौं आउँदै

समयपोष्ट २०७९ असार ११ गते १३:००

Advertisement

नेपालका लागि नयाँ भारतीय राजदूत नविन श्रीवास्तव आफ्नो जिम्मेवारी सम्हाल्न आज काठमाडौं आउँदै छन् ।

राजदूत श्रीवास्तव आज बेलुका ४ वजे त्रिभुवन अन्तराष्टिय विमानस्थलमा अवतरण हुने बताईएको छ ।

नेपालका लागि राजदूत भएकै बेला निवर्तमान राजदूत विनयमोहन क्वात्रा भारतीय विदेश सचिव नियुक्त भएपछि रिक्त रहेको नेपालस्थित राजदूतावासमा श्रीवास्तव नियुक्त भएका थिए ।

भारतीय विदेश मन्त्रालयको पूर्वी एशिया डिभिजनको प्रमुखका रूपमा कार्यारत श्रीवास्तव चीन मामिलाका जानकार मानिन्छन्। सन् २०२० मा भारत–चीन सीमा क्षेत्रको लाइन अफ एक्च्युल कन्ट्रोल (एलओसी)मा दुई देशका सैनिकबीच विवादको अवस्था सिर्जना हुँदा चीनसँग कुटनीतिक तथा सैन्य संवादका लागि श्रीवास्तवले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। भारतीय विदेश सेवामा सन् १९९३ मा प्रवेश गरेका श्रीवास्तव चीनको संघाइमा महावाणिज्यदूत र कम्बोडियाका लागि राजदूत भइसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री