शुक्रबार, १६ चैत २०८०

पेट्रोलको २० र जेल–मट्टितेलको २९ रुपैयाँ मूल्य घटाउने सरकारको घोषणा

समयपोष्ट २०७९ असार ११ गते १२:४६

Advertisement

सरकारले पेट्रोलको २० र डिजेल–मट्टितेलको २९ रुपैयाँ मूल्य घटाउने घोषणा गरेको छ ।

शनिबार अयोजित आकस्मिक पत्रकार सम्मेलनमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले मूल्य घटाउने घोषणा गरेका हुन् ।

घटेको मूल्यअनुसार अब उपभोक्ताले प्रतिलिटर १७९ रुपैयाँमा पेट्रोल र १६३ रुपैयाँमा डिजेल–मट्टितेल पाउँछन् ।

यसअघि, पेट्रोलको मूल्य प्रतिलिटर १९९ र डिजेलको मूल्य प्रतिलिटर १९२ रुपैयाँ थियो । जसमध्ये पेट्रोलमा २० रुपैयाँ र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ मूल्य कटौती गरिएको हो । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ ।

प्रधानमन्त्री निवास वालुवाटारमा आज विहान बसेको गठबन्धनको बैठकमा गठबन्धनका संयोजक एंव कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आम नागरिकको चुल्हो नै नबल्ने अवस्था आउन लागेको भन्दै सरकारले बजारमा हस्तक्षेप गर्नुपर्ने, बजारको अनुगमन कडाइका साथ गर्नुपर्ने र पेट्रोलिय पदार्थको मूल्य पनि घटाउन पर्ने प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री