शुक्रबार, १४ वैशाख २०८१

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले पाए मर्जरका लागि अन्तिम स्वीकृति

समयपोष्ट २०७९ असार १० गते २१:२१

Advertisement

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सलाई मर्जरका लागि अन्तिम स्वीकृत पाएको छ ।

गत वैशाख २३ गते एक आपसमा गाभिने सम्झौता गरेका यी दुई कम्पनीलाई बीमा समितिले मर्जरका लागि अन्तिम स्वीकृत दिएको हो ।

बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले २०६९ चैतभित्र पुँजी वृद्धिका लागि निर्देशन जारी गरेपछि तोकिएको पुँजी पुर्‍याउन बीमा कम्पनीहरु यतिबेला दबावमा छन्। सोही क्रममा यी दुई बीमा कम्पनीले एक हुने निर्णय गरेका हुन्।

मर्ज भएपछि बन्ने संयुक्त कम्पनीको चुक्ता पुँजी २ अर्ब ४३ करोड रुपैयाँ नजिक पुग्नेछ। अहिले एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी सवा एक अर्ब रुपैयाँभन्दा थोरै बढी छ भने हिमालयनको एक अर्ब १७ करोड हाराहारी छ।

दुई इन्स्योरेन्सको मर्जर सहमति अनुसार संस्था एक आपसमा १:०.८५ अनुपातमा गाभिने सम्झौता गरेका हुन्। निर्धारण गरिएको मर्ज अनुपात अनुसार एभरेष्ट इन्स्योरेन्स कम्पनीको १०० कित्ता हुने सेयरधनीले मर्जरपछि हिमालयन जनरल इन्स्योरेन्सको ८५ कित्ता सेयर प्राप्त गर्नेछन्।

मर्जरपश्चात् हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको नामबाट निर्जीवन व्यवसाय गर्ने विशेष प्रस्ताव स्वीकृत हुनेछ।

यस्तै, मर्जरपछि इन्स्योरेन्सको एकिकृत खुद बीमा आर्जन ७० करोड ६६ लाख रुपैयाँ पुग्नेछ। र, इन्स्योरेन्सको जारी बीमालेखको संख्या एक लाख ३४ हजार अधिक हुनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री