बिहीबार, १५ चैत २०८०

कुमारी बैंक र भिसा इन्टरनेसनलबीच सहकार्य

समयपोष्ट २०७९ असार १० गते १२:२५

Advertisement

कुमारी बैंकले विश्वका कुनै पनि देशबाट पठाएको रकम डेविट/क्रेडिट र प्रिपेड कार्डमार्फत पाउने सुविधा ल्याएको छ।

बैंकले भिसा इन्टरनेशनलको सहकार्यमा यो सुविधा ल्याएको हो।

विदेशमा रहेका स्वदेशी तथा विदेशीहरुले आफ्नो मोबाइल इन्टरनेट बैंकिङ वा भिसा कार्ड तथा रेमिटेन्स कम्पनीमार्फत कुमारी बैंकको डेविट क्रेडिट र प्रिपेड कार्डमा रकम सहजै पठाउन सक्ने छन् ।

विदेशबाट भिसा डाइरेक्टमार्फत रकम पठाउँदा सिधै आफ्नो भिसा कार्डमा जम्मा हुने बैंकका डिजिटल बैंकिङ प्रमुख अनिष ताम्राकारले बताए। विदेशमा रहेर आफ्ना परिवारलाई तुरुन्तै पैसा पठाउने चाहनालाई ध्यान दिएर यो सेवा सुरु गरिएको बैंकले जनाएको छ।

यो प्रणालीमार्फत प्रत्येक १५ हजार भन्दा बढीको भिसा डाइरेक्ट कारोबार गर्नेलाई थप प्रोत्साहन गर्न पाँच सय रुपैयाँ दिने बैंकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री