बिहीबार, १५ चैत २०८०

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा पोखरामा मिर्गौला प्रत्यारोपण सफल

समयपोष्ट २०७९ असार १० गते ६:२४

Advertisement

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौलाको सफल प्रत्यारोपण भएको छ।

देशका सातै प्रदेशमा‌ सेवा बिस्तार गर्ने उधेश्य अनुरुप केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ नेतृत्वको टोलीले विहिवार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण सफल भएको हो ।

अन्नपूर्ण गाउँपालिकाकी ५० वर्षीया महिलाको मिर्गौला प्रत्यारोपण गरिएको हो । उनलाई उनका श्रीमानले मिर्गौला दिएका थिए । चार घन्टा लामो अप्रेसनपछि मिर्गौला प्रत्यारोपण सफल भएको थियो।

भक्तपुरका डा. श्रेष्ठको टिम र पोखराका डा. प्रकाश क्षेत्री, डा. अनुप चापागाईं डा माया लामा, डा. जुजु श्रेष्ठ, डा. अमृत केसीको मेडिकल टिमले प्रत्यारोपण गरेको अस्पतालका निर्देशक डा. भरत खत्रीले जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री