शुक्रबार, ७ वैशाख २०८१

भारतीय दूतावासले मनायो योग दिवस (फोटोफिचर)

समयपोष्ट २०७९ असार ७ गते १०:२८

Advertisement

भारतीय राजदूतावासले’आठौँ अन्तराष्ट्रिय योग’ दिवस मनाएको छ ।

काठमाडौँको लैनचौरस्थित दुतावासको प्रांगणमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री शेर बहादुर देउवा, सुचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, कार्यवाहक राजदूत नामग्य सी खम्पा लगायत विशिष्ट ब्यक्तिको उपस्थिती रहेको थियो ।

अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ। संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए।

उक्त प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए। सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ। सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो।


प्रतिक्रिया

सम्बन्धित सामाग्री