शुक्रबार, १६ चैत २०८०

अजोड इन्स्योरेन्सद्धारा घुम्ति बीमा सेवा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

समयपोष्ट २०७९ असार ६ गते १८:४९

Advertisement

अजोड इन्स्योरेन्स लिमिटेडले गुल्मीमा घुम्ति बीमा सेवा तथा स्थानिय निकायसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

जेष्ठ २८ गते जिल्लाको इश्मा गाऊपालिकाको वडा नं. १ को वडा कार्यालयमा आयोजित उक्त घुम्ति बीमा सेवाबाट बीमाशुल्क रकम रु. ८,८१,७५० ÷– (अक्षेरेपी आठ लाख एकासि हजार सात सय पचास मात्र) संकलन गरेको जनाएको छ ।

इश्मा गाऊपालिका वडा नं. १ का वडा अध्यक्ष शेर बहादुर कुवरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन कम्पनीका पर्वत शाखाका प्रमुख सन्तोष न्यौपानेले गरेका थिए ।

कम्पनीको प्रधान कार्यालयका कृषि विभाग प्रमुख दिपक पोखरेल र मानब संसाधन तथा प्रशासन प्रमुख प्रेम राज पाण्डेले कृषि बीमाको अर्थ, महत्व तथा प्रभावकारीताको बारेमा प्रष्ट पार्नु पारेका थिए ।

उक्त कार्यक्रममा सो वडाका वडा सदस्यहरु तथा स्थानिय कृषकहरुको उल्लेख्य उपस्थिति रहनुका साथै अजोड इन्स्योरेन्स लिमिटेडका अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री